कालिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध पछि आजको लागी तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते बजे बस्ने बताइएको छ । नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै यस अघि देखीनै संघीय संसद्का दुवै बैठक अवरुद्ध गर्दै आइरहेको छ ।