नेपाल जुडो संघको केन्द्रीय सदस्यमा कालिकोटका बिष्ट निर्वाचित

कालिकोट । नेपाल जुडो संघको छैटौं चुनावी साधारणसभाबाट कालिकोटका दीपक बिष्ट सदस्यमा निर्वाचित भएका छन् । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ गत वैशाख ३१ गते सम्पन्न जुडो संघको छैटौँ केन्द्रीय चुनावी साधारणसभाबाट जिल्लाको खाँडाचक्र नगरपालिका–९ पाँखामा जन्मिएका २९ बर्षीय बिष्ट कार्यसमितिको सदस्यमा निर्वाचित भएका हुन । उनले ४५ भोट प्राप्त गरेर सदस्यमा निर्वाचित हुदाँ उनका प्रर्तिशप्रधि दिपक श्रेष्ठले ३१ र दुर्गा पुरीले २५ भोट प्राप्त गरेका हुन ।

नव निर्वाचित सदस्य बिष्टले खेलकुदको माध्यमबाट नेपालको गौरब, मान प्रतिष्ठा बढाउने कार्यमा सबैद अग्रसर हुने बताए । पदीय कार्यमा लगनशील भई कार्य गर्दै आफ्नो पदीय दायित्वको निर्वाह गर्ने र पद अनुरुपको कार्य सम्पादन गर्दा प्राप्त हुने सवै खालका गोपनीयतालाई समेत जोगाइ राख्ने पनि उनले प्रतिबद्धता गरेका छन्।

error: Content is protected !!