कालिकोट । आज पनि दिउँसोपख भु–भागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी प्रदेशका पहाडी भेगका केही ठाउँका साथै बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।