जीप दुर्घटना हुँदा १४ जना घाइते

कालिकोट । पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा–४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप साँझ करीव पौने ६ बजेतिर दुर्घटना भएको हो । निस्दीको मतियार डाँडा भन्ने ठाउँमा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । उनका अनुसार घाइते सबैको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!