कालिकोट। जिल्लाको महावै गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि शिक्षण विधि सम्बन्धि तालिम संचालन भएको छ । महावै गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना, ओदा फाउण्डेश नेपालको सहजिकरण तथा नितिन मेमोरीयल स्कुल काठमाण्डौंको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम संचालन भएको हो । आज एक कार्यक्रमका विच महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंहले तालिम उद्घाटन गर्नु भएको हो । तालिम उद्घाटनमा गाउँपालिकाको वडा नं २ का वडा अध्यक्ष हर्क बहादुर सिंह, प्रशिक्षक मन्जीता कोइराला,विदेशी प्रशिक्षक जेसीका हेल्ड,ओदा फाउण्डेश नेपालका सि.इ.ओ करण सिंह, म्यानेजिङ डाइरेक्टर राज कुमारी दुरा, प्रशासनिक अधिकृत टंक प्रसाद चौलागाई, शिक्षा कार्यक्रम अधिकृत अनिल दाहालको उपस्थिति रहेको थियो । तालिममा महावै गाउँपालिका १८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको गाउँपालिका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष शिवराज जैशी (रविकिरण)ले वताउनु भयो । आउदो जेष्ठ ९ गते सम्म चल्ने तालिममा चार दिन प्रधानाध्यापक र वाकी चार दिन शिक्षक शिक्षिकालाई प्रशिक्षण दिइने प्रवक्ता जैशीले जानकारी दिनु भएको छ ।