ज्येष्ठ नागरिक घरघरमा स्वास्थ्य सेवा दिने सरकारको घोषणा

कालिकोट । सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिएका हुन् । ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा लिनका लागि कठिनाइ भएको अवस्थालाई ख्याल गर्दै सरकारले यस्तो नीति ल्याएको जनाएको छ ।

error: Content is protected !!