कांग्रेसद्धारा प्रतिनिधिसभा बैठक अवरुद्ध

कालिकोट । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसलगत्तै राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो । तर सभामुख देवराज घिमिरेले बैठक सुरु भएको बताएलगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गरेका हुन । लगातार नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरे । अर्को बैठक ३ जेठका लागि तोकिएको छ ।

error: Content is protected !!