कालिकोट । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका(११ को नगरपार्कमा आगो लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरेको बताईएको छ । ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।