कालिकोट । ,मातातीर्थ औँसी , अर्थात् आमाको मुख हेर्ने दिन हो । नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित रहेको छ।दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइने गरिन्छ ।छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा रहेको छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्ने गर्छन्।अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता रहेको छ।





