चितवनमा बाघ र गैँडा मृत अवस्थामा

कालिकोट । चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको जनाईएको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोस्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ ।यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भाले गैँडा मृत फेला परेको छ । गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

error: Content is protected !!