कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा संचालित सहयात्रा तेस्रो परियोजना को परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । भिडिसेफ नेपाल कालिकोटका अध्यक्ष कल्पना रावलको सभाअध्यक्षता, शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद आचार्य (अनिल)को प्रमुख आतिथ्यता तथा अन्य जनप्रतिनिधि, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सेभ द चिल्ड्रेनमा कार्यरत कर्मचारी बिष्णु कुमार बम, जुठिराम चौधरी, टिका बिश्वकर्मा टिकाराम नेपाली, गाउँपालिकाका बिषयगत शाखाका प्रमुख, नागरिक समाज, बालसंजाल, युवाक्लवका पदाधिकारी, सुरक्षाकर्मी, लगाएतको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । सहयात्रा तेस्रो परियोजनाले शुभकालिका गाउँपालिकामा ४ वटा बिषय बाल संरक्षण ,बालअधिकार शाशन ,शिक्षा ,स्वास्थ्य र जलबायु परिवर्तनको क्षेत्रमा काम गर्ने बाल संरक्षण तथा बाल अधिकार शाशन फिल्ड अधिकृत जगत भट्टराईले बताए । यस साथ साथै परियोजनाले जोखिममा रहेका बालबालिका हरुको शिक्षा, संरक्षण ,लचकता ,यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितता गर्ने परिकल्पना रहेको फिल्ड अधिकृत भट्टराई जानकारी दिएका छन् ।