आज बसेको शीर्ष नेताको बैठकमा जुटेन सहमति

कालिकोट । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज झण्डै तीन घण्टा बसेको बैठेकमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहो¥याए पछि सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो । बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताए । यद्यपि उनले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताए ।

error: Content is protected !!