कालिकोट । बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुको साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको छ। अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो ।पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।