कालिकोट । पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।