रास्वपा संसदीय दलको बैठक आज बस्ने

कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्ने भएको छ। पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने छ।बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताएका हुन्।गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदैकांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ।

 

error: Content is protected !!