पक्राउ परेका व्यक्तीले बहानामा अस्पताल भर्ना नहुन गृहमन्त्रालयको निर्देशन

कालिकोट । पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाएर अस्पतालमा भर्ना हुन नपाइने भएको छ।अनुसन्धानका लागि पक्राउ पर्नेवित्तिकै अस्पताल भर्ना भएर हिरासत छल्ने प्रवृत्ति देखिएपछि त्यसलाई रोक्न गृहमन्त्रालयले तीन बुँदे निर्देशन जारी गरेको हो।अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाट प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरिएको हो ।

 

error: Content is protected !!