कालिकोट । बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने भएको छ । आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने भएको हो । गएको २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट ’प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख २४ (आज)बाट ऐन कार्यान्वयनको घोषणा गरिने भएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।