हिन्द महासागरको तातो दिन अझै दस गुणाले बढ्ने

कालिकोट । हिन्द महासागरको तातो दिन अझै दस गुणाले बढ्ने एक अध्ययनले देखाएको छ । पहिले हिन्द महासागरमा हरेक वर्ष २० दिन अत्यधिक गर्मी हुने गरेकामा अब चाँडै यो १० गुणा बढ्ने वैज्ञानिकहरूले बताएका हुन् ।हिन्द महासागरमा समुद्री तापको लहरको असर परेर अत्यधिक तापक्रम बढ्दा भारत, माल्दिभ्स लगायत ४० देशले समस्या भोग्नुपर्ने खबरमा उल्लेख गरेको छ । यसका कारण बेमौसमी वर्षा, आँधी, अचानक बाढी लगायतका प्रकृतिक विपत्तिको सम्भावना बढ्ने इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटियोरोलोजीका वैज्ञानिकले गरेको अध्ययनले बताएको छ ।

error: Content is protected !!