कालिकोट । कीर्तिपुर बस दुर्घटनामा परि प्राध्यापकको मृत्यु भएको छ । कीर्तिपुर देखी रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस आईतबार दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो । कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि भएको बस दुर्घटना परि ४२ वर्षीय रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार आज २ः४५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ ।