जापानका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

Japan's Justice Minister Yoko Kamikawa speaks at a news conference in Tokyo, Japan, September 16, 2020. REUTERS/Kim Kyung-Hoon

 

कालिकोट । जापानका परराष्ट्रमन्त्री योको कामीकावा एक दिने नेपाल भ्रमणमा आज आउँदै हुनुहुन्छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको बताईएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा छलफल हुने भएको छ । हालै भारत, कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भैरहेका भ्रमणको श्रृङ्खला माझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो ।

 

error: Content is protected !!