उपभोक्ताको लोकप्रिय बन्दै कोदोको बिस्कुट

कालिकोट ।बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट उपभोक्ताको लोकप्रिय बन्दै गएको छ ।काठेखोला गाउँपालिका ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गरेको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो ।बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको हो। ३४ वर्षीय युवा श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गरेका हुन्। उनले उद्योग फस्टाउन थालेपछि पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि श्रीसले उत्पादन सुरु गरेका हुन्।मागको ३० प्रतिशत मात्रै कोदोको बिस्कुट बजारमा पठाउन सकेको उनले बताए । एक महिनाभित्र उक्त उपकरण आएपछि मागअनुसार उत्पादन हुने उनको भनाइ छ । वि सं २०७७ मा स्थापना गरिएको उद्योगले अहिले कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पुर्‍याएको बताईएको छ ।

error: Content is protected !!