दीनानु दीन आगलागीका घटना बढ्दा सरकार अलमलमा

कालीकोट । दीनानु दीन देशभर आगलागीका घटना बढ्दै जाँदा तीनवटै तहका सरकार अलमलमा परेका छन् । आगलागीका घटना नियन्त्रण र रोकथामको लागि सरकारले प्रभावकारी काम गर्न सकेको छैनन् । आगलागी पीडितको समयमै उद्धार र राहतको काममा पनि तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ शुरु भएदेखि अहिलेसम्म चार महिनाको अवधिमा चार हजार ५१२ वटा डढेलोका घटना भएका छन् । अघिल्लो वर्ष सन् २०२३ को पहिलो चार महिनामा दुई हजार ५१९ वटा र सन् २०२२ को पहिलो चार महिनामा एक हजार २३६ वटा डढेलोका घटना भएका थिए । अप्रिल लागेपछिको तीन दिनमा मात्रै झण्डै ६ सय ठाउँमा डढेलो लागिसकेको छ ।तीनवटै तहका सरकारले आगलागीका घटना कम गराउन र लागिसकेको आगो निभाउन पर्याप्त पहल गरेको पाईंदैन । ।डढेलो नियन्त्रणका लागि दक्ष जनशक्ति र उपकरण दुवै अभाव रहेको सरकारी अधिकारीहरु नै बताउँछन् ।

error: Content is protected !!