झापामा एक विद्यार्थीमाथि गोली प्रहार

कालिकोट । झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी उनीमाथि गोली प्रहार भएको स्थानीयहरुको भनाई छ । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि आज दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ ग¥यो । प्रहरीले सोधपुछ गर्ने क्रममा किशोरी कक्षा १२ को परीक्षा दिएर फर्किएको खुल्यो । उदयपुर घर भएकी उनी दमकमा बसेर अध्ययन गर्दै थिइन् । परीक्षा दिएर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको खुल्यो । उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको र किशोरीको पेटमा डढेको, दबेको ददारिएजस्तो चोट रहेकोछ । यद्यपी उनको शरीरभित्र भने गोली प्रवेश नगरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी मिलन केसीले जानकारी दिए । गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएको कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेश खापुङले जानकारी दिए ।

error: Content is protected !!