सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनको लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा भनिएको छ । मिति २०८१।०१।१८ गतेको पत्रबाट लेखि आएको हुँदा मिति २०८१ वैशाख २१ गते शुक्रबार अपराह्न ५ः०० बजे सोही प्रयोजनका लागि प्रदेश सभाको बैठक बस्ने ब्यहोरा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरूको जानकारीको लागि अनुरोध छ ।’