कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । बुधवार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मुलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्ने गरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए । उनले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरू, ट्रेड युनियनहरू, निजी क्षेत्र लगायतका साथ रहने विश्वास समेत व्यक्त गरे । ‘देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा छ । यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ । यसले सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ मुलमन्त्रलाई व्यवहारिक रूपमा सम्बोधन गर्नेछ भन्नेमा सरकार प्रस्ट छ’ प्रधानमन्त्रीले भने, ।