आगलागीबाट सप्तरीमा ११० घरगोठ जले

कालिकोट । सप्तरीको महदेवा गाउँपालिका वडा नं १मा पर्ने चिमटि भन्ने ठाउँमा हिजो साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले बताएका छन् । ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए । आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

error: Content is protected !!