इलामको विजय सभाबाट फर्केको गाडी दुर्घटना हुदा १९ जना घाइते

कालिकोट । इलाम बजारमा आज भएको नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा भएको छ । मंगलवार विजय सभामा सहभागी भएर फर्कीदै गरेको को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी गाडी सवार १९ जना घाइते भएका छन् । गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ । सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डीएसपी प्रकाश जबेगूले जानकारी दिएका छन् ।

error: Content is protected !!