केन्याको राजधानीमा बाँध फुट्दा ४० जनाको ज्यान गयो

कालिकोट । केन्याको राजधानी नैरोबीको उत्तरी शहरमा बाँध फुट्दा ४० जनाको ज्यान गएको छ। धेरैजना बेपत्ता भएका प्रहरीले बताएको छ।नैरोबीको उत्तरमा ६० किलोमिटर उत्तरमा रहेको माई महिउ क्षेत्रमा ठूलो खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले बताएको छ। भग्नावशेषबाट ४० शव निकालेको बताएको छ भने धेरै मानिस बेपत्ता रहेको भन्दै स्थानीय अधिकारीहरूले हताहती बढ्नसक्ने बताएका छन् ।सरकारका प्रवक्ता इसाक मवाउराले भारी वर्षाले ४७ काउन्टी प्रभावित भएको र बाढीले एक लाख ३१ हजार ४५० जना गरी २४ हजार १९६ घरधुरी विस्थापित भएको बताए ।

error: Content is protected !!