तीन वटा संसदीय समितिका बैठक आज बस्दै

कालिकोट । तीन वटा संसदीय समितिको बैठक आज बस्दैछन्। दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानून, राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम(ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था लगायतका विभिन्न सम्बन्धमा छलफल हुने जनाईएको छ।साथै दिउँसो १२ः३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि छलफल हुने भएको छ।त्यस्तै आजै  दिउँसो बस्ने  बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुने बताईएको छ।

error: Content is protected !!