कालिकोट । नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आज नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मेलन समापन गरेका हुन् । सम्मेल समापन गर्दै अध्यक्ष ओलीले नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए । जम्मा ८ सय विदेशी सहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डका सीईओ सुशील भट्टले जानकारी दिएका छन् । आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए ।