एशियन लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालिकोट । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कालिकोटको आयोजनामा अभिकर्ताहरुका लागी पुर्णताजगी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोे छ । सोमवार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि. कालिकोट जिल्ला शाखा प्रवन्धक जन्मदेव वरालको अध्यक्षता तथा कर्णाली प्रदेश प्रमुख जयानन्द भट्टको प्रमुख आतिथ्यता भएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित थुप्रै अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक भट्टले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.उत्पादन गरेका विभिन्न विमाका पोलीसीको वारेमा जानकारी गराएका थिए ।

error: Content is protected !!