कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–१ छातीमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फसेको ट्याक्टरलाई धकेलेर फर्कने क्रममा गएराती १ः०० बजे दुर्घटनामा परी सोही गाउँपालिका–१ बस्ने वर्ष २२ का सह अप्रेटर दल बहादुर रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक डि.एस.पी अर्जुन केसीले बताए । रिजालको घटना स्थलमै मृत्यु भएको प्रहरी कार्यालय हुल्मले जनाएको छ । दुर्घटनामा अप्रेटर कैलाली चुरे गाउँपालिका–५ बस्ने वर्ष २८ का हिक्मत रोकामगर घाइते भएका छन् । उनको दाहीने खुट्टा भाँचिएको र अहीले उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगीएको डि.एस.पी केसीले जानकारी दिए । डोजर सडकबाट करिब एक किलो मिटर तल खसेको थियो । डि.एस.पी केसीका अनुसार अहीले प्रहरी निरीक्षक सहीतको टोली घटना स्थल तर्फ गइरहेको र त्यहाँ पुगेपछी थप जानकारी आउने बताएका छन् ।