कालिकोट । बझाङ क्षेत्र १ (१)मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेस अगाडी रहेको हो । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत प्राप्त गरेर शीर्ष स्थानमा रहेका छन् । उनलाई एमालेका दमन बहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढाले २ हजार ९३५ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत प्राप्त गरेका छन् ।