कालिकोट । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता अग्रता कायमै रहेको छ । १८ हजार ९४८ मत गनी सक्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका हुन् । सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार मिलन लिम्बु भने १ हजार १६२ मत मात्र प्राप्त गरेका छन् ।