कालिकोट । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले लगातार अग्रता लिइ रहेका छन् । जम्मा ६२२९ सदर मतमध्ये भण्डारीले २२२९ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले १५०४ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा तेस्रो नम्बरमा छन् भने उनले १४८२ मत पाएका छन् ।