हप्ता दिनमा पनि नियन्त्रणमा आएन शुभकालिकाको वनमा लागेको डढेलो

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–५ को सामुदायिक वनमा गत बैशाख ७ गतेदेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट ओल्खेपाटा धम्फाला लगाएतका वन सबैभन्दा बढी प्रभावित भएका छन् ।’ प्रहरी चौकी सुकाटीयाका सहायक प्रहरी निरिक्षक जय बहादुर चँदाराका अनुसार गएको बैशाख ७ गते उक्त वनमा आगलागी भएको जानकारी आयपछि स्थानिय र प्रहरी सहीतको टोली पुगी डढेलो निभाएपनि पुन डढेलो फैलिएको बताएका छन् । उनले भोली पुन टोली त्यस तर्फजाने बताए । डिभिजन वन कार्यालय कालिकोटका का.मु डिभिजन वन अधिकृत महेश कुमाइले पहाडी क्षेत्रमा बाटोको सहज पहुँच नभएको, गाउँवस्तीबाट धेरै टाढा भएको साथै माटोकै भरमा वन डढेलो निभाउनु पर्ने बाध्यता रहेकाले डढेलो नियन्त्रणमा चुनौती रहेको जानकारी गराए । उनले सकेसम्म डढेलो नियन्त्रणमाका लागी स्थानिय वन उपभोक्ता समिति संग परामर्श भइरहेको पनि जानकारी दिएका छन् । मानवीय सचेतनाको अभावका कारण वन डढेलोका घट्ना बढदै गएकाले सचेतना अभिवृद्धिमा जोडदिनुपर्ने उनको भनाइ छ ।

error: Content is protected !!