कालिकोट । बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेको सुरुवाती अग्रता रहेको छ । ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत प्राप्त गरेका छन् ।