कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई अनुसन्धानको क्रममा पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ।उनी नक्कली लाइसेन्स प्रकरणमा पक्राउ परेका हुन्। उनी सूचना प्रविधि विभागबाट हालै तीन महिनाका लागि अख्तियारमा सरुवा भएका थिए। यसअघि शनिबार यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ थिए।भट्ट पक्राउ परेलगत्तै अर्याल पक्राउ परेका हुन्। सीआईबी स्रोतले नक्कली लाइसेन्स वितरणबारे थप अनुसन्धान गर्न अर्याललाई पक्राउ गरेको पुष्टि गरेको छ।