कालिकोट । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आज भएको उपनिर्वाचनको मतगणना भोलि हुने भएको छ । उपनिर्वाचनमा जम्मा नतदाताको करिब आधाले मात्र मतदान गरेका छन् । अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही मतदान केन्द्रबाट विवरण नआएकाले यकिन संख्या पत्ता लागेको छैन । उक्त निर्वाचन क्षेत्रको भोली आइतबार मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका भोली हेलिकप्टरबाट ल्याइनेछ । तयसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।