कालिकोट । निर्वाचन आयोगले मतगणना थाले पछीको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ । आज इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै अहीले मतपेटिका सङ्कलनको काम भइरहेको छ । मतपेटिका सङ्कलन भइसकेपछी राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताएका हुन् । इलाममा लगभग ११ बजेसम्म सबै मतदान केन्द्रबाट एक ठाउँमा मतपेटिका आइसक्ने तथा बझाङमा भोलि बिहान १० बजेसम्म मतपेटिका एकै ठाउँ पुगीसक्न आयुक्त थपलियाले बताए । मतगणना सुरु भएको १२ घण्टाभित्र नतिजा निकाल्नु भनेर हामीले भनेका छौँ । पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला । दुवै ठाउँको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।