उपनिर्वाचन, बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मत खस्यो

कालिकोट । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा शनिवार भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ । यद्यपि अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन । इलाममा ६० प्रतिशत पुग्छ कि भन्ने अपेक्षा गरेका छौं । अधिकांश मतदान केन्द्र खाली भइसकेको छ । उनले इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिएका छन् ।

error: Content is protected !!