कालिकोट । इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भएको खवर प्राप्त भएको छ’, उनले भने, ’अहिलेसम्म सहज वातावरण छ ।’ इलाम २ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै आज नै बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचन पनि हुदैछ ।