६२५ जना नेपाली कामदार कतारमा अलपत्र अवस्थामा

कालिकोट । कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली कामदार अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले ६ महिनादेखि तलब नदिएपछि नेपाली कामदार अलपत्र परेका बताईएको छ ।तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ । उक्त कम्पनीमा करिब १५०० कामदार रहेका र ६२५ नेपाली बाहेक अरु सबै विदेशी कामदार रहेको बताइएको छ ।

 

error: Content is protected !!