कालिकोट–पछिल्लो एक सातामा देशका १ हजार स्थानका जङ्गलमा डढेलो लागेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार देशव्यापी भयावह रुपमा डढेलो लागेको छ । साना वनजङ्गल देखि ठुला राष्ट्रिय निकुञ्जहरूमा समेत डढेलो लाग्दा वनस्पति र त्यहाँ वासस्थान गरीरहेका थुप्रै वन्यजन्तु आगोको चपेटामा परेका छन् । वैशाख १ गतेदेखि ९ गतेसम्मको तथ्याङ्क अनुसार घरमा आगलागीका कारण ५ जनाको मृत्यु समेत भएको छ भने १७ जना घाइते भएका छन् । ४१० परिवार प्रभावित भएका छन् । ९ दिनको अवधिमा आगोबाट ११८ घर पूर्णरुपमा क्षति भएका छ भने ८९ घर आंशिक क्षति भएको छन् । साथैै ७४ वटा गोठमा भएको आगलागीबाट १३७ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट ११ करोड २५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताइएको छ ।