एमालेका नेता भीम रावलको पार्टी परित्याग गर्ने संकेत

कालिकोट । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराएकोे भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा प्रबेष गर्ने बताए । ‘गोदावरीको अधिवेशनमा नेताहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले राजनीतिक जीवनको एउटा अर्को मोडमा धकेलिएको जस्तो महसुस गरेको छु । रावलले आज राजधानीमा आयोजित कार्यक्रममा भने । घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरेका छन् ।

error: Content is protected !!