कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले लिए विश्वासको मत

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आजको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा आज ३६ सांसद उपस्थित रहेका थिए । उनिहरुमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् । साथै राप्रपा, एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्र एक सांसद छन् । आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् भने राप्रपा तटस्थ बसेको छ । नेकपा एमालेका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

error: Content is protected !!