उधोग वाणिज्य संघ कालिकोटको अध्यक्षमा रतन बहादुर शाही निर्वाचित

कालिकोट । उद्योग वाणिज्य संघ कालिकोट को अध्यक्षमा रतनबहादुर शाही निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी तिल बहादुर शाहीलाई पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन्। शाही संघका २२ औं अध्यक्ष बनेका छन्। बिहिवार बिहान सकिएको मतगणनामा शाहीले २७३ भोट प्राप्त गरेका थिए । संघको नेतृत्व चयन गर्न बुधवार मतदान भएको थियो। संघको वरिष्ठ उपाध्यक्षमा जनक बहादुर शाही निर्वाचित भएका छन्। उनले भानुभक्त आचार्यलाई पराजित गरेका हुन्। द्वितीय उपाध्यक्ष गौरी संज्याल(गन्डकी) निर्वाचित भएका छन्। उनले कृष्णप्रसाद उपाध्ययालाई पराजित गरेका हुन्। यस्तै कमलराज बराल महासचिव निर्वाचित भए। बरालले धनन्जय अधिकारी र जीवन बहादुर शाहीलाई पराजित गरेका हुन्। संघको कोषाध्यक्षमा खगेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले मणिराम पाण्डेलाई पराजित गरेका हुन्। सचिवमा भद्र वहादुर वम (भरत) निर्वाचित भए । उनले प्रेम बहादुर शाहीलाइ पराजित गरेका हुन्। सदस्यमा गणेश धमला र बिरेन्द्र न्यौपाले निर्वाचित भए। उनिहरुले जनक देवकोटा र धनलाल अधिकारीलाइ पराजित गरेकी हुन्।

error: Content is protected !!