आज कर्णाली प्रदेश सभाको बैठक बस्दै

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसको तयारीका लागि आज दिउँसो ३ः०० वजे कर्णाली प्रदेश सभाको बैठक बस्ने भएको छ । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभामा ४० सदस्य रहेकामा । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । त्यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक÷एक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको सदस्य संख्याले पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् । मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त समेत गरेका थिए । बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले मन्त्रालय भागबण्डा भने टुंगो लगाएको थियो । बैठकमा भएको सहमतिअनुसार नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय पाउने छन् भने माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने भएका छन ।

error: Content is protected !!