कालिकोट । आज राष्ट्रिय विकास परिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने भएको छ। आजको बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने भएको छ।बैठकको उदघाटन सत्रमा आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको योजना आयोगका सहायक प्रवक्ता एवं कार्यक्रम निर्देशक डाक्टर दिवाकर लुइटेलले जानकारी दिएका छन् ।बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने भएका छन्।