कालिकोट । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । बुधबार मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन दल माओवादी केन्द्रका सांसद परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । परियार गएको निर्वाचनमा हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् । मुख्यमन्त्री कँडेलले भोलि, संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् । मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।